वैशाख १५, काठमाडौँ । बेलायतमा छायाँकन भएको चलचित्र ‘कैदीको पत्र’ आजबाट देशभर प्रर्दशन भएको छ । प्रर्दशनकै क्रममा निर्देशक सनमकुमार बैराग लगायत निर्माण टोली मिडियामा प्रस्तुत भएका छन् । उनीहरुले चलचित्रको विषयबस्तुबारे केही तथ्य सार्वजनिक गरेका छन् ।
नेपाली र अंग्रेजी भाषा मिस्रित चलचित्र कैदीको पत्रमा नेपाली कलाकारका साथमा विदेशी कलाकारहरुले अभिनय गरेका छन् । नेपाली पारिवारिक कथानक चलचित्र प्रेम कथा र पारिवारिक विषयमा आधारित माया ममता दर्साएको छ । चलचित्रले समाज परिवारको महत्वबारे सन्देश प्रदान गरेको निर्माण पक्षले जनाएको छ । अहिले वैशाख १५ (आज) बाट नेपालको सबै हलहरुमा प्रर्दशन भईरहेको छ ।
चलचित्रमा नेपाली तथा विदेशी कलाकारहरुको अभिनय रहेकोले केही रोचक र नयाँपन पाउन सकिने निर्देशक सनमकुमार वैरागले बताए । नयाँपन र सामाजिक अस्तित्व बोकेको चलािचत्र भएकोले एक पटक हेरेर प्रतिक्रिया दिन आग्रह गरे ।