थप ८१ जनामा कोरोना संक्रमण

वैशाख १०, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १ हजार ३०६ नमुनामध्ये ३७० जनाको पीसीआर परीक्षण गर्दा ४१ जना र ९३६ जनाको एण्टीजेन परीक्षण गर्दा ४१ जना गरी ८१ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाको संक्रिय संक्रमितको संख्या ३७० जना पुगेको छ भने संस्थागत आईशोलेशनमा २२ जना, आईसीयूमा ३ जना र भेन्टिलेटरमा १ जना उपचाररत रहेको छ । यस्तै ५४ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किइसकेका छन् । संक्रमण बढेसँगै मन्त्रालयले कोरोनाविरुद्धको बुस्टर डोज लगाउन सबैमा आग्रह गरेको छ ।

 

Satkar Media House
Leave A Reply

Your email address will not be published.