उपनिर्वाचन सम्पन्नः करिब ६० प्रतिशत मत खस्यो

वैशख १०, काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उपनिर्वाचनमा करिब ६० प्रतिशत मत खसेको बताएका छन् ।

तीन क्षेत्रमा भएको मतदानमा समग्रमा त्यति मत खसेको उनले बताए । आज बारा क्षेत्र नम्बर २, चितवन–२ र तनहुँ–१ मा उपनिर्वाचन भएको हो । चितवनमा ६१ प्रतिशत र तनहुँमा ५२ प्रतिशत मत खसेको छ । बाराको भने विवरण आउन बाँकी रहेको उनले बताए । “समग्रमा साढे ५९ देखि ६० प्रतिशत मत खसेको छ,” उनले भने । त्यस्तै, उनले मतगणना आजैबाट सुरु हुने पनि बताए । पर्सिसम्म परिणाम आउने थपलियाले बताए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.