काठमाडौंमा जमिन फाटेर ४ घर भत्किए, १४ घर धरापमा

भदौ १६, काठमाडौं । बूढानीलकण्ठ नगरपालिका बिष्णुमती टुसालमा शुक्रबार जमिन फाटेर चार घर भत्किएको खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ । थप १४ घरसमेत धरापमा परेका छन् । १४ परिवार विस्थापित भएको प्रहरीले जनाएको छ । घर भत्किएका र विस्थापित परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।

जमिन चिरा परेर फाटेपछि चित्रबहादुर बस्नेत, राधिका धिताल, बीरबहादुर तामाङ र सुशीला बस्नेतको घर भत्किएको हो । चिरा परेको ठाउँमा पहिले डाँडो थियो । खारेर प्लटिङ गरेको हुनाले जमिन चिरा परी फाटेको हुन सक्ने भूगर्भविदले अनुमान गरेका छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.