रवि लामिछानेका चालक तीन तलामाथिबाट खसे, अवस्था गम्भीर

वैशाख ४, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका चालक चितवनस्थित एक घरको तीन तलामाथिबाट खसेको अवस्थामा फेला परेका छन् ।

सिन्धुपाल्चोक घर भएका उनी बिहान ४ बजे तीन तलामाथिबाट खसेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । उनको टाउको र खुट्टामा गम्भीर चोट लागेको छ । लामिछानेका चालकको घर सिन्धुपाल्चोकको बाह्रबिसे भएको प्रहरीले जनाएको छ । ३९ वर्षका शम्भु भनिने दिलबहादुर थापा तीन तलामाथिबाट खसेका हुन् । चितवनका एसपी रामेश्वर कार्कीका अनुसार बिहान ३ बजेर ५४ मिनेटमा खसेको अवस्थामा फेला परेको बताए । “बिहान ३ बजेर ५४ मिनेटमा खसेको देखिन्छ । अहिले हामीले सीसीटीभी फुटेज अनुसन्धान गरिरहेका छौँ ।” उनले भने ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.