कुरिलो खेतीबाट मनग्य आम्दानी

वैशाख ३, मध्यविन्दु । नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०को मध्यविन्दु नगपालिका–३ ब्रमस्थानमा करिब डेढ बिघा जमिनमा पदम मोक्तानले कुरिलो खेती गर्दै आएका छन् ।

चार वर्षयता लोट्स कृषि तथा पशुफार्म दर्ता गरी अन्य तरकारी तथा फलफूल खेती गर्दै आएका मोक्तानले विगत दुई वर्षदेखि कुरिलो खेती गर्न थालेको बताए । । अन्य खेतीमा भन्दा भौगोलिक वातावरण तथा माटोको हिसाबले पनि कुरिलो खेती उपयुक्त हुने देखेपछि यसतर्फ आकर्षित भएको मोक्तानले बताए । पछिल्लो समयमा नवलपुरलाई कुरिलो खेतीको केन्द्र बनाउने सोचसहित आफू त्यसतर्फ लागि परेको उनले बताए । “कुरिलोको महत्व र फाइदा बुझेपछि पछिल्लो समयमा यसको माग काठमाडौंलगायत सहरी क्षेत्रमा बढी रहेको छ”, उनले भने ।

यो फार्मबाट नौ जनाले रोजगारी पाएका छन् । कम खर्चमा बढी आम्दानी हुने कुरिलो खेतीबाट थोरै नाफा लिँदै यसको बजारीकरणमा लागेको मोक्तानले बताए । भिन्न सोचका साथ यसको आयुर्वेदिक फाइदा र महत्व बुझाउँदै स्थानीय क्षेत्रमा नै बजारीकरण गर्दै अहिले अन्य मानिसलाई रोजगारीसमेत दिन सफल भएको उनले बताए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.