मः मः‎ को स्वाद खोज्दै हिड्ने ढकाल, जसले च्वास्स झोल मः मः ‎को ब्राण्ड बनाए

वैशाख २, काठमाडौँ । सानै उमेरदेखि मःम खान खुब रुचि हुन्थ्यो नवराज ढाकाललाई । काभ्रेमा जन्मिएर काठमाडौँमा बस्दै आएका ढकाल मःम को स्वाद खोज्दै जोरपाटी, बौद्धदेखि पाटनसम्म पुगेको अनुभव सुनाउँछन् । मःम लभरकै रुपमा आफुलाई दर्साएर मःम को स्वाद चाख्दै हिड्ने उनी पछिल्लो समय विदेशीन बाध्य भए । विदेशी भूमिमा आफुले गरेको संघर्षले स्वादेशमै केही गर्न सकिन्छ कि भनेर केही वर्षमै नेपाल फर्किए ।

जीवन संघर्षको यात्रासंगै नवितम सोँच लिएर नेपाल फर्किएका नवराज ढकाल ले कुनै व्यवसायको मेसो पाएन् । अन्ततः उनले आफुलाई मन पर्ने मःम को व्यवसाय गर्छु भन्ने सोँच लिई शहरका विभिन्न मःम को स्वाद फेर्दै हिँडे । हरेक ठाउँमा मःम को फरक–फरक स्वादको अनुभूति गरेका उनले आफू पनि फरक स्वादको मःम व्यवसाय गर्दा उचित हुने ठानेर छुट्टै मसला उत्पादन गर्नेतर्फ लागे । स्वादिष्ट र स्वास्थ्यकार मःम बेच्नका लागि आर्गनिक मसला आफै तयार गर्न थाले । अहिले च्वास्स झोल मःम को नामले काठमाडौँ उपत्यका लगायत थुप्रै स्थानमा शाखा स्थापना गर्दै मःम को ब्राण्ड नै बनाउन सफल भए । सुरुमा ३ लाख लगानीबाट सुरु गरेको व्यवसाय हाल करोडौँको व्यवसायमा रुपन्तरण भएको छ । बोसोरहित र मिठो स्वादसहित च्वास्स झोल मःम खानेहरुको भीड जुनसुकै शाखामा देख्न सकिन्छ ।

ढकाल ले च्वास्स झोल मःम उद्योग प्रा.लि नै स्थापना गरी उपत्यकाका करिब ५० भन्दा बढी शाखाहरुमा मःम लाई आवश्यक सामग्रीहरु पु¥याउउने गर्दछन् । उनी भने नीलबाराही बोडेमा छिटो छरितो पार्टी प्यालेस तथा रेष्टुरेन्ट सञ्चालन गर्दै आएका छन् । ५ सय भन्दा बढीलाई रोजगारी प्रदान गर्दै आएका नवराज ढकालले व्यवसायमा राज्यले आवश्यक सेवा सुविधा दिनुपर्ने अपेक्षा समेत राखेका छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.