वैशाख २, काठमाडौं । पूर्वमन्त्री तथा माओवादी केन्द्रका नेता वर्षमान पुनकी आमामाथि गोली प्रहार भएको छ । गएराति भएको उक्त घटनामा प्रहरी नै संलग्न रहेको बताइएको छ ।
गृहमन्त्रालय उच्च स्रोतले प्रहरीले नै गोली चलाएको सूचना प्राप्त भएको र घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ । वर्षमान पुनकी आमा तीर्थमाली पुनको खुट्टामा गोली लागेको छ । उनको अहिले ट्रमा सेन्टरमा उपचार भइरहेको छ । उनी बालुवाटारमा कान्छो छोरासँग बस्दै आएकी थिइन् । गोली किन चल्यो खुलिनसकेको र अनुसन्धान जारी रहेको स्रोतको भनाइ छ ।

