सत्यमोहन जोशीकी धर्मपत्नी राधादेवीको निधन

वैशाख २, काठमाडौं । शताब्दी पुरुष संस्कृतिविद् स्वर्गीय सत्यमोहन जोशीकी धर्मपत्नी राधादेवी जोशीको निधन भएको छ ।

उनको सय वर्षको उमेरमा आज (शनिबार) निधन भएको हो । शनिबार बिहान ५ः १५ मिनेट जाँदा ग्वार्कोस्थित किष्ट अस्पतालमा उनको निधन भएको भएको पारिवारिक स्रोतले जनाएको छ । ‘बिहीबारदेखि उनको मुटुमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो । ८४ वर्ष संस्कृतिविद् सत्यमोहन जोशीसँग सहयात्रा गरेकी राधादेवी लामोसमयदेखि विभिन्न रोगको उपचारमा थिइन् । सत्यमोहन जोशीको एकसय चार वर्षको उमेरमा आठ महिना अघि ( असोज ३० गते) निधन भएको थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.