चैत ३०, काठमाडौँ । बेलयातमा निर्मित नेपाली कथानक चलचित्र ‘कैदीको पत्र’ वैशाख १५ गते देशभर प्रर्दशन हुने भएको छ ।
लेखक तथा निर्देशक सनमकुमार बैरागले निर्देशन गरेको साहित्यकार स्वर्गीय इश्वर मानन्धरको कथामा आधारित चलचित्र ‘कैदीको पत्र’ देशभरका हलमा प्रर्दशन हुने बताएको छ ।
नेपाली र अंग्रेजी दुबै भाषा मिस्रित नेपाली कथामा आधारित सो चलचित्रमा म्याडिसन लाजरस, कुणाल विश्व, सलिना थापा मगर, पृथ्वीराज खत्री, सुवर्ण थापा, मनिष श्रेष्ठ, सुस्मिता थापा, क्यारी डोड्स, किरण कार्की, चरण प्रधान, बिजेता श्रेष्ठ, फौस्तास तलग्का, लारेनवेस्टबरी, तपस्या शिवाकोटी आदि कलाकारहरुले अभिनाय गरेका छन् ।
व्यवसायिक र मनोरंजनात्मक उक्त चलचित्रमा सुख–दुःख, माया– विछोड र जीवन संघर्षसंगै आफ्नो कर्म र कर्तव्यबारे प्रास्ट पारिएको निर्देशक बैरागले बताएका छन् । चलचित्रमा परिवार, साथी र जन्मथलोको महत्व चित्रित गरेको सो चलचित्रका निर्देशक सनम कुमार बैरागले बताएका छन् । ‘बेलायतमा रामेश्वर कार्कीले छायाँकन गरेको ‘कैदीको पत्र’ चलचित्र हिरल जोशी, नानी हेरम, कैलाश विश्वकर्मा र दिल घले निर्माण गरेका हुन् ।
बद्लिदो समयमा समाजमा हुने घटनाहरुलाई चित्रण गर्दै आम दर्शकहरुलाई छुट्टै स्वादका साथ चलचित्र कैदीको पत्र प्रर्दशन हुने बताएको छ । वैशाख १५ गते नेपालको सबै हलहरुमा प्रर्दनश हुने भएकाले सबैलाई हेरिदिनुहुन आग्रह गरेका छन् ।