‘दक्षिण कोरियाली विशेषदूत उत्तर कोरिया जादैँ’

भदौ १५, सोल। दक्षिण कोरियाली राष्ट्रपति मुन जाए. इनले एक विशेषदूतलाई आगामी बुधबार उत्तर कोरियाको राजधानी प्योङयाङ पठाउन लाग्नुभएको छ ।

दक्षिण र उत्तर कोरियाली शीर्ष नेताबीच स्थगित भएको शीर्ष बैठक तथा आणविक निःशस्त्रीकरणका बारेमा पनि छलफल गर्न विशेषदूत प्योङयाङ जान लाग्नु भएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् । उत्तर कोरियाली नेता किम जोङ उन र दक्षिण कोरियाली राष्ट्रपति मुन जाए¬–इनबीच आणविक निःशस्त्रीकरणका विषयमा हुने भनिएको शिखर बैठक केही समयदेखि स्थगित छ ।

हाल नाम प्रचारमा नल्याइएका विशेषदूत सेप्टेबर ५ मा उत्तर कोरियाको राजधानी प्योङयाङ पुग्नुहुने राष्ट्रपतिको प्रवक्तालाई उद्धृत गर्दै योन्हाप समाचार समितिले जनाएको छ । (रासस÷एएफपी)

Satkar Media House
Leave A Reply

Your email address will not be published.