चैत २८, काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल सडकखण्डको काम चाँडो सम्पन्न गर्न निर्देशन दिएका छन् ।
विस्तारको क्रममा रहेको सडकको स्थलगत अनुगमन गर्दै उनले काम चाँडो र गुणस्तरीय गर्न निर्माण कम्पनीलाई निर्देशन दिएका हुन् । मन्त्री श्रेष्ठले नारायणगढबाट बुटवलसम्मको एक सय १४ किलोमिटर लामो सडकको विभिन्न १३ स्थानमा अनुगमन गर्दै –“सडक अनुगमनका क्रममा काम सन्तोषजनक देखिएपनि खुसी हुने अवस्था नभएको बताए । “एकपटक म्याद थप भइसकेको आयोजनाको काम गुनासो नआउने गरी चाँडो सम्पन्न गर्नुहोला ” – उनले भने ।

