विशेषज्ञ नर्सको लाइसेन्सका लागि अब परीक्षा दिनुपर्ने

चैत २७, काठमाडौं । नेपाल नर्सिङ काउन्सिलले विशेषज्ञ नर्सको नाम दर्ताका लागि परीक्षा लिने भएको छ ।

काउन्सिलले सूचना जारी गर्दै २०८० साल असारसम्ममा परीक्षमार्फत नाम दर्ता गर्ने निर्णय गरेको जनाएको छ । त्यसका लागि अनलाइन आवेदन खुला गर्ने र आवेदकहरुको परीक्षा लिएपश्चात् मात्रै लाइसेन्स दिइने सूचनामा उल्लेख छ ।

यसअघि, काउन्सिलले शैक्षिक प्रमाणपत्र तथा योग्यताको प्रमाण पुग्ने कागजातका आधारमा विशेषज्ञ नर्सको नाम दर्ता गर्दै आएको थियो । २०२३ को मार्चसम्म काउन्सिलमा एक हजार ३२६ विशेषज्ञ नर्स दर्ता छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.