चैत २६, काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आइतबार तीन खेलहरु हुँदैछन् ।
लिगको सातौं चरण अन्तर्गत आइतबार दशरथ रंगशालामा दुई र एक खेल एन्फा कम्प्लेक्समा हुनेछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा संकटा क्लब र मछिन्द्र फुटबल क्लबबीच दिउँसो २ बजे प्रतिस्पर्धा हुनेछ । संकटा तेस्रो जितको योजनामा रहँदा साविक विजेता मछिन्द्र भने दोस्रो जितको योजनामा रहेको छ ।
संकटा ९ अंक जोडेर सातौं स्थानमा रहेको छ भने मछिन्द्र ६ अंक जोडेर ११ औं स्थानमा रहेको छ । यसैगरी, एन्फा कम्प्लेक्समा दिउँसो २ बजे हुने खेलमा हिमालयन शेर्पा र न्युरोड टिम एनआरटी भिड्ने छन् । हिमालयन दोस्रो जितको योजनामा रहँदा एनआरटी भने पहिलो जितको योजनामा रहेको छ । हिमालयन ६ अंक जोडेर दशौं स्थानमा रहेको छ भने एनआरटी ३ अंक जोडेर १३ औं स्थानमा रहेको छ । दशरथ रंगशालामा हुने अर्को खेलमा सातदोबाटो युथ क्लबले त्रिभुवन आर्मी क्लबसँग साँझ ५ः४५ बजे प्रतिस्पर्धा गर्नेछ ।
सातदोबाटो पाँचौं जितको योजनामा रहँदा आर्मी भने तेस्रो जितको योजनामा छ । सातदोबाटो १२ अंक जोडेर चौंथो स्थानमा रहेको छ भने आर्मी ८ अंक जोडेर आठौं स्थानमा छ ।