डा. हेमनाथ घिमिरेको “रङ्गिन कालो“ गीत संग्रह लोकार्पण

चैत २४, काठमाडौँ ।  गीतकार डा. हेमनाथ घिमिरेद्वारा लेखिएको “रङ्गिन कालो“ गीतसङ्ग्रहको प्रा.डा. कृष्णहरि बरालले बुधबार लोकार्पण गरेका छन्।
सिसार साहित्य प्रतिष्ठानले राजधानीमा आयोजना गरेको विशेष समारोहमा कार्यक्रममा प्रमुख अतिथि प्रा.डा. बराल, साहित्य प्रतिष्ठानका अध्यक्ष ज्ञाननिष्ठ ज्ञवाली र लेखक डा. घिमिरेले संयुक्तरुपमा लोकार्पण गरेका हुन्। कार्यक्रममा प्रमुख अतिथि प्रा.डा. बरालले गीतकार घिमिरेका कृतिहरु लोकप्रीय र सन्देशमुलक तथा सरल शब्द र शब्दावली भएकाले सबै नेपालीको मन छुने धारणा व्यक्त गरे। वरिष्ठ सङ्गीतकार न्ह्यू बज्राचार्यले गीतकार घिमिरेले लेखेको गीत गाएर शुभकामना दिए। लेखकका सहपाठी साहित्यकार विक्रमभक्त जोशीले गीतकारसँग आफ्नो अन्तरङ्ग सम्बन्धबारे जानकारी दिए।

गीतकार करुण थापा, संगितकार सुदर्शन विक्रम राणा, गायिका लक्ष्मी घिमिरे लगायतले गीत र मन्तव्यसहित शुभकामना दिएका थिए। पुस्तकका सम्पादक तथा पद्मकन्या बहुमुखी क्याम्पस संस्कृत, पत्रकारिता र हिन्दी विभागका प्रमुख उपप्रा. ज्ञाननिष्ठ ज्ञवालीले गीतले आफूलाई मन्त्रमुग्ध पारेको धारणा राखे। हेमनाथ घिमिरेद्वारा लेखिएका ५१ वटा गीत संग्रहमा समावेस भएका कतिपय गीतहरु संगीतवद्ध भएर बजारमा आउन लागेका छन्। तेश्रो देशमा बसाईं गर्न गएका भुटानी शरणार्थीमा समर्पित ‘मेरो माटो’ गीतलाई भने सुदर्शनबिक्रम राणाले संगीत दिएका छन्। कार्यक्रममा आनी छोइङ डोल्माले गाएको घिमिरेको ‘बन्द आँखाभित्र’ र रचना रिमालले गाएको ‘दशै आयो भन्छन् गाउँमा’ गीतको भिडियो प्रस्तुत गरिएको थियो। सो अवसरमा बङ्गलादेशको पद्मा नदीको ६.२५ किलोमिटर लामो पुलनिर्माण र साहित्यिक योगदानको उच्च मूल्याङ्कन गर्दै लेखकलाई सम्मान गरिएको थियो।

साहित्य प्रतिष्ठानका अध्यक्ष ज्ञवालीको सभापतित्वमा भएको सो कार्यक्रममा घिमिरेको गीत संग्रहमा समेटिएको मेरो माटो शीर्षकको गीतमा संगीत दिएका सुदर्शन विक्रम राणाले गीत गाएका थिए । कार्यक्रमको सञ्चालन डा. शान्तिमाया गिरीले गरेकी थिइन।

Satkar Media House
Leave A Reply

Your email address will not be published.