१५ महिनादेखि अस्पतालमा बन्धकजस्तै भई बसेका सुरजको उद्धार

भदौ १५, रुपन्देही । उपचार खर्च तिर्न नसक्दा १५ महिनादेखि बुटवलको एक निजी अस्पतालमा बन्धकजस्तै भई बसेका नवलपरासी प्रतापपुरका सुरज विकको उद्धार गरिएको छ ।

बाइक चलाउँदा दुर्घटना भएर चार ठाउँमा खुट्टा भाचिँएका सुरजको उपचारको लागि झण्डै ६ महिना लागेपनि उनी ९ महिनादेखि अस्पतालमा पैसा तिर्न नसकेको कारणले अस्पतालले उनलाई डिस्चार्ज नगरिदिएकोले अस्पतालमा बस्न बाध्य भएका थिए। २०७४ जेष्ठ १४ झण्डै १५ महिनाको बुटवलको जेनस अस्पताल एन्ड रिर्सच सेन्टरमा उनको १२ लाखभन्दा बिल बनेको थियो। सुरजको बारे समाचार आएपछि अस्पतालले २५ प्रतिशत छुट दिने सहमतिमा उनको उद्धार गरिएको छ ।

ईलाका प्रशासन कार्यालय बुटवल, ईलाका प्रहरी कार्यालय बुटवल, वडा नं। ८ का प्रतिनिधीहरु, विभिन्न मिडियाका पत्रकारहरु र अस्पताल प्रशासनबीच उपचार खर्च सहुलियत छुटबाहेक बाकी रकम पुष मसान्तभित्र विभिन्न संघ संस्थामार्फत् जम्मा गरेर बुझाउनेसहित ७ बुँदे सहमतिमा उनी घर र्फकेका छन्।

सहमति पत्रमा ईलाका प्रशासन कार्यालयका प्रमुख प्रशासकीय अधिकृत धुव्र प्रसाद नेपाल, ईलाका प्रहरी कार्यालय बुटवलका डिएसपी डिल ब। मल्ल, बुटवल उ।म।न।पा वाड नं। ८ का अध्यक्ष भिम ब। श्रेष्ठ, नेपाल पत्रकार महासंघ रुपन्देहीका सदस्य प्रकाश डुम्रे, लगायतका र अस्पताल प्रशासनको तर्फबाट अस्पताल प्रशासन प्रमुख डा। शारदा सिहं लगायतले हस्ताक्षर गरेका थिए । उनी अस्पतालबाट निस्कने भन्ने समाचार पछि बुवा र दाजु लिन आएका थिए ।

Satkar Media House
Leave A Reply

Your email address will not be published.