काठमाडौं । आर.पि.ग्रुपले हरितालिका तीको अवसरमा साडीको विभिन्न डिजाइनहरु (सिफन, सिल्क, इटालियन सिफन, जरजेड), कुर्ता, गाउन, टप्स, लेहेंगा लगायतका विभिन्न पोशाकहरुमा ५० प्रतिशतसम्मको छुटको अफर ल्याएको जनाएको छ ।
ग्रुपले आफ्नो इन्द्रचोकस्थित जय अम्बे साडी सोरुमबाट यो छुट योजना ल्याएको हो । नेपाली बजारमा साडी लगायत महिलाहरुको पोशाक बिक्री वितरण गर्दै आइरहेको तथा समय समयमा चाड पर्व लगायत विभिन्न अवसरहरु पारेर आफ्ना ग्राहकहरुलाई ब्राण्डेड पोशाकहरुमा विभिन्न छुट योजनाहरु ल्याउँदै आईरहेको विज्ञप्तिमार्फत जनाएको छ ।