एनएनआईपीए स्पोर्ट्स अवार्डको १७औँ संस्करण आज

चैत २०, काठमाडौं । एनएनआईपीए स्पोर्ट्स अवार्डको १७औँ संस्करण आज हुँदै छ ।

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) को वार्षिक कार्यक्रमअन्तर्गतको अवार्ड समारोह काठमाडौंको ठमेलस्थित अलफ्ट होटेलमा हुनेछ । अवार्डमा ओलम्पिक कमिटीबाट आधिकारिकता प्राप्त २७ खेलका उत्कृष्ट एक खेलाडीलाई जनही १० हजार रुपैयाँसहित सम्मान गरिनेछ । योपटक फुटबल, एथलेटिक्स, ह्यान्डबल, गल्फ, उसु, भारोत्तोलन, सुटिङ, जुडो, ब्याडमिन्टन, आर्चरी, टेबलटेनिस, बक्सिङ, साइक्लिङ, फेन्सिङ, जिम्न्यास्टिक, हक्की, स्वीमिङ, ट्रायथोलन, स्की, कुस्ती, बास्केटबल, कबड्डी, कराते, ¥याफ्टिङ, भलिबल, तेक्वान्दो र लनटेनिसका खेलाडी सम्मानित हुनेछन् ।

उत्कृष्टमध्ये एक पुरुष र महिला सर्वोत्कृष्ट खेलाडीलाई एक लाख रुपैयाँसहित सम्मान गरिनेछ । यस्तै, एक पुरुष र महिलालाई प्रतिभाशाली खेलाडीबाट सम्मान गरिनेछ । एक पुरुष र एक महिलालाई उदीयमान खेलाडीबाट सम्मान गरिनेछ । यी दुवै विधाका विजेताले जनही ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

एक पाका खेलकर्मीलाई ३५ हजार रुपैयाँको गजराज आदर्श खेल व्यक्तित्व अवार्ड प्रदान गरिनेछ । एक खेल पत्रकारलाई २५ हजार रुपैयाँको एनएनआईपीए खेल पत्रकारिता पुरस्कार प्रदान गरिनेछ । एकजनालाई १५ हजार रुपैयाँको वर्षको उत्कृष्ट पारा खेलाडीबाट सम्मान गरिनेछ ।

Satkar Media House
Leave A Reply

Your email address will not be published.