महालेखा परिक्षक टंकमणि शर्माद्वारा परिषद्को नवौँ राष्ट्रिय अधिवेशन उद्घाटन

चैत १९, काठमाडौँ । प्राज्ञिक विद्यार्थी परिषद् नेपालको नवौँ राष्ट्रिय अधिवेशन नेपाल सरकारका माननीय महालेखा परिक्षक टंकशर्मा दंगालले उद्घाटन गर्नु भएको छ ।

आत्मनिर्भर अर्थतन्त्र र भ्रष्टाचार नियन्त्रणका लागि सुदुरपश्चिमको धनगढीमा आयोजना गरिएको विद्यार्थी परिषद्को नवौँ राष्ट्रिय अधिवेशन शनिबार दिउँसो धनगढीको ॐ पार्टि प्यालेसमा अधिवेशनका प्रमुख अतिथि टंकमणि शर्मा दंगालज्युले ओैपचारिक रूपमा उद्घाटन गर्नु भएको हो । उहाँले कार्यक्रममा बोल्नुहुँदै नेपालमा विस्तारै नैतिकता र इमानदारीताको खडेरी पर्दै गइरहेकोले नैतिकता प्राप्तिका लागि असल आचार, असल कर्म गर्दै अगाडि बढने युवा शक्तिको आवश्यकता रहेको बताउनु भयो । साथै समय, धन, र उर्जा कसरी प्राप्त गर्ने भन्ने विषयमा चिन्तन गर्नु पर्ने बताउनु भएको थियोे ।

उहाँले वर्तमान समयमा नेपालको अर्थतन्त्र विस्तारै कमजोर हुँदै गइरहेको र त्यसको कारण पूजीँको अभाव, सीप र रोजगार र उत्पादनको कमि नै भएकोले त्यसका लागि ती चिजहरूलाई जोड दिएर अगाडि बढनु पर्ने आवश्यक रहेको उल्लेख गर्नु भएको थियोे ।

कार्यक्रममा धनगढी उपमहानगर पालिकाका मेयर गोपी हमाल, प्राध्यापक हेमराज पन्त, नवनिर्वाचित राष्ट्रिय महासचिव विष्णुप्रसाद पंगेनी, राष्ट्रिय अध्यक्ष गोपीनाथ कंडेल, राष्ट्रिय सचिव,वर्षा सापकोटा, प्रदेश सचिव प्रदिप भट्ट, जिल्ला अधिकारी , विद्यार्थी परिषद्का राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकाल, नीति अनुसन्धान प्रतिष्ठान नेपालका निर्देशक एवं हिन्दु स्वयंसेवक संघ नेपालका राष्ट्रिय प्रचार प्रमुख दीपक कुमार अधिकारी,स्तम्भकार श्रीकृष्ण अनिरूद्व गौत्तम, संघका राष्ट्रिय प्रचारक वेद प्रकाश अखिल भारतीय विद्यार्थी परिषद्का राष्ट्रिय संगठन मन्त्री आशिष् चौहान लगायत धनगढीमा शैक्षिक, व्यवसायीक, सामाजिक र आध्यात्मिक व्यक्तित्वहरूको महत्त्वपूर्ण उपस्थिति रहनु भएको थियोे ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.