८१ औँ जन्मोत्सवमा साहित्यकार डा. त्रिपाठीलाई अभिवन्दन

चैत १३, काठमाडौँ । डा. वासुदेव त्रिपाठी अभिनन्दन तथा ग्रन्थ प्रकाशन समितिले साहित्यकार डा. वासुदेव त्रिपाठीको  ८१ औँ जन्मोत्सवको आयोजना गरेको छ ।

समितिका उपाध्यक्ष डा. केदार न्यौपानेको सभाध्यक्षतामा भएको सो समारोहमा त्रिपाठीका शिष्यहरु प्रा.डा जीवेन्द्रदेव गिरी, प्रा.डा. रमेशप्रसाद भट्टराई, प्रा. जगत् उपाध्याय प्रेक्षित, प्रा.डा. हेमनाथ पौडेल, गोपाल पराजुली, दयाकृष्ण न्यौपाने, इलामे जेठो, डम्बर घिमिरे, डा. मधुसूदन लामिछाने, बलभद्र भारती, भागवत आचार्य लगायतका साहित्यकारका साथै कुमार पोखरेल, विन्दु सुवेदीलगायत समाजसेवी व्यक्तित्वहरु उपस्थित हुनुहुन्थ्यो । त्रिपाठीका परिवारजनसहित स्थानीयहरु र केही क्याम्पसका विद्यार्थी समेत सो कार्यक्रममा समितिका सचिव डा. रमेश शुभेच्छुले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै सहभागीहरुलाई स्वागत गर्नुभयो ।

उहाँले त्रिपाठीका नेपाली साहित्यका सिर्जना, समीक्षा, प्राध्यापन र प्रतिष्ठान एवम् गुठीहरुको नेतृत्वका माध्यमबाट पुर्याएको योगदानको चर्चा पनि गर्नुभयो । कार्यक्रममा डा. जीवेन्द्र देव गिरी डा. रमेश भट्टराई, प्रा. जगत् उपाध्याय प्रेक्षित्, प्रा.डा. हेमनाथ पौडेल लगायत सहभागीहरुले त्रिपाठीलाई शुभकामाना गदिनुभएको थियो । समितिका तर्फबाट त्रिपमाठीमा उहाँका योगदानलाई समेट्ने खालको अभिवन्दन पत्र पनि अर्पण गरिएको थियो ।

२०६९ सालमा गठिन समितिले त्रिपाठीका नाममा एउटा ग्रन्थ प्रकाशनमा ल्याएको छ । यसै समितिले त्रिपाठीको चौरहत्तर वर्ष प्रवेशका अवसरमा अभिनन्दन ग्रन्थ तयारीको काम गरिरहेको यसका सचिव रमेश शुभेच्छुले जानकारी दिनुभयो । कार्यक्रममा त्रिपाठी पत्नी गीता त्रिपाठीलाई असीऔँ वर्ष प्रवेशका अवसरमा र त्रिपाठीलाई एकासिऔँ वर्ष प्रवेशका अवसरमा शुभकामना दिइएको थियो । सहभागीहरुले त्रिपाठीको सुखद् दाम्पत्य जीवनका विषयमा पनि चर्चा गरेका थिए । कार्यक्रम प्राज्ञ डा. भागवत आचार्यले सञ्चालन गर्नुभएको थियो । कार्यक्रमका सभाध्यक्ष डा केदार न्यौपानेले त्रिपाठीको बहुआयामिक व्यक्तित्वको चर्चा गर्दै कार्यक्रम सफल बनाउन सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो । १९९९ सालमा तनहूँमा जन्मनुभएका त्रिपाठी यही चैत्र ११ गते तिथिका आधारमा ८१ ऋौँ वर्षमा प्रवेश गर्नुभएको हो ।

 

Satkar Media House
Leave A Reply

Your email address will not be published.