चैत १२, काठमाडौं । नेपाल प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षकबाट महानिरिक्षकमा बढुवा भएका बसन्तबहादुर कुँवरलाई आज दर्ज्यानी चिन्ह प्रदान गरिने भएको छ ।
चैत १० गतेको मनत्रीपरिषद बैठकले नियुक्त गरेको कुँवारलाई गृहसचिव विनोदप्रकाश सिंहले आज दर्ज्यानी चिन्ह लगाइदिन लागेका हुन् । नेपाल प्रहरीका महानिरीक्षकलाई गृहसचिवले दर्ज्यानी चिन्ह प्रदान गर्ने प्रचलन रहिआएको छ । उनले आइतबार नै प्रहरी प्रधान कार्यालयमा पदभार ग्रहण गर्ने कार्यक्रम छ ।
शनिबारदेखि महानिरीक्षकको कमान्ड सम्हाले पनि बिदाको दिन भएकाले आइतबारदेखि मात्र उनले औपचारिक रुपमा प्रहरी कमान्ड सम्हाल्नेछन् ।सरकारले कुँवरलाई शुक्रबार ५ प्रतिस्पर्धी एआईजीमध्येबाट आईजीमा बढुवा गरेको थियो । यसअघिका आईजी धिरजप्रताप सिंहले शुक्रबारदेखि अनिवार्य अवकाश पाएका छन् ।

