कञ्चनपुरमै फेरि अर्की किशोरीमाथि सामुहिक बलात्कृत

भदौ १५, काठमाडौं । १३ बर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटना सेलाउन नपाउदै कञ्चनपुरमा फेरि अर्की किशोरी बलात्कृत भएकी छन् । बेल्डाँडी गाउँपालिकामा बिहीबार राति एक किशोरी सामुहिक बलात्कारको सिकार भएकी हुन् ।

किशोरीका आफन्तले बेल्डाडी प्रहरीमा उजुरी दर्ता गराए लगतै अहिले प्रहरी घटनास्थल पुगेका छन् । किशोरीको घरमा पुजा भएको वेलामा एक युवकले उनलाई सडकमा बोलाइ मोटरसाइकलमा राखी जबदिया गाउँ लगेर सामुहिक बलात्कार गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रमुख एसपी कुवेर कडायतले आफु घटनास्थलमा पुगी अनुसन्धान थालेको जानकारी दिए । उजुरीमा चार जनाले सामूहिक बलात्कार गरेको उल्लेख छ । घटनालगत्तै चारै जना फरार रहेकोले खोजी कार्य तिब्र पारीएको उनले जानकारी दिए ।

Satkar Media House
Leave A Reply

Your email address will not be published.