चैत ५, काठमाडौँ । च्वास्स झोल मःम को साथमा लोकप्रिय गायक तथा गजलकार राज सिग्देलको प्रस्तुती हुने भएको छ ।
च्वास्स झोल मःम उद्योग प्रा.लि.को आयोजनामा आफ्नै रेष्टुरेण्ट तथा पार्टी प्यालेस निलबाराही बोडेमा आँउदो चैत ११ गते शनिवार गायक तथा गजलकार राज सिग्देलको विशेष सांगीतिक प्रस्तुती हुने भएको छ ।
स्वादिष्ट, बोसोरहित मःम संगै माग अनुसारको विभिन्न परिकार उपलब्ध हुने उक्त रेष्टुरेण्डमा संगीतिक वातावरण सहित ग्राहकहरुलाई सेवा प्रदान गराउँदै आएको सञ्चालक नवराज ढाकाल बताए । शनिवार हुने उक्त सांगीतिक कार्यक्रमका लागि आवश्यक टिकट च्वास्स झोल मःम को हरेक सेन्टरमा उपलब्ध हुने जानकारी गराए ।
पारिवारिक माहौलमा थरिथरिका स्वाद सहित शनिबार बेलुका ५ बजेदेखि ९ बजेसम्म सांगीतिक प्रस्तुती रहने च्वास्स झोल मःम उद्योगका सञ्चालक ढाकाले बताए । नीलबाराही बोडेमा रहेको च्वास्स झोल मःम रेष्टुरेण्ड कलाकर्मीको मात्र जक्सन होइन, यो विशुद्ध पारिवारिक रेष्टुरेन्ट हो । तपाई परिवारसहित कुनै जमघट गर्ने योजनामा हुनुहुन्छ भने, उक्त रेष्टुरेण्ड उपयुक्त थलो बन्नसक्छ ।

