भदौ १५, काठमाडौं । सरकारको शुन्य लगानी रहेको प्याराग्लाडिङले एशियाडमा रजत पदक दिलाएपछि राष्ट्रिय खेलकुद परिषदले खुशी मनाइरहेको छ ।
सर्वसाधारणले भने सरकार खेलाडीको वाहवाही गर्दै सरकारलाई गिज्याईरहेका छन् । यसै बीच २० वर्षपछि रजत पदक दिलाएको प्याराग्लाइडिङ टिमका खेलाडीलाई राष्ट्रिय खेलकुद परिषदले पहिलो चरणमा ५ लाखसहित सम्मान गर्ने भएको छ । परिषदले विजेता खेलाडी नेपाल फर्किएको दिन नै नगरपरिक्रमा गरेर राष्ट्रिय खेलकुद परिषद्को प्रांगणमा खेलाडीलाई सम्मान गर्ने भएको हो । पदक विजेता टिम भदौ १८ गते नेपाल फर्किदै छ ।
परिषदले खेलाडीलाई ५ लाख, प्रमुख प्रशिक्षकलाई ३ लाख, सहायक प्रशिक्षकलाई एक लाख ५० हजार र संघलाई ५ लाख दिने भएको छ । प्याराग्लाडिङमा नेपालले एशियाडमा पहिलो पटक सहभागिता जनाएको हो ।