चैत २, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ को खेलका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कीर्तिपूरस्थित त्रिवि क्रिकेट मैदानमा पुगेर नेपाल र युनाइटेड अरब इमिरेट्स (यूएई) को टिमलाई शुभकामना दिएका छन् ।
नेपालले आज लिग २ को अन्तिम खेलमा यूएईविरुद्ध खेल्दैछ । खेलका लागि प्रधानमन्त्री दाहालसँगै राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ पनि त्रिवि क्रिकेट मैदानमा आइपुगेका छन् । ९ः३० बजेदेखि हुने खेलमा नेपालले पहिलो बलिङ गर्दैछ । नेपाल टस हारेपछि फिल्डिङमा आएको हो ।

