नेपाल नगरपालिका संघको अध्यक्षमा पुनः ब्याञ्जु निर्वाचित

भदौ १५, काठमाडौं । नेपाल नगरपालिका संघको अध्यक्षमा पुनः अशोककुमार ब्याञ्जु श्रेष्ठ निर्वाचित भएका छन् । संघको छैठौं राष्ट्रिय सम्मेलनबाट ब्याञ्जु पुनः अध्यक्षमा निर्बिरोध निर्वाचित भएका हुन् । ब्याञ्जु धुलिखेल नगरपालिकाका मेयर हुन् ।

संघको उपाध्यक्षमा बेलकोटगढी नगरपालिकाकी उपमेयर कविता ढुंगाना निर्वाचित भएकी छन् भने महासचिवमा निलकण्ठ नगरपालिकाका मेयर भीमप्रसाद ढुंगाना चयन भएका छन् । यस्तै उपमहासचिवमा जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर साह, कोषाध्यक्षमा तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डे र सहकोषाध्यक्षमा काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी निर्वाचित भएका छन् । सम्मेलनबाट ३९ सदस्यीय नयाँ समिति चयन भएको छ ।

नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरु

Satkar Media House
Leave A Reply

Your email address will not be published.