भदौ १५, काठमाडौं । सिजनको च्याम्पियन्स लिग फुटबलका लागि समूह चरणको ड्र’ सार्वजनिक भएको छ ।
बिहीबार राति सार्वजनिक भएको ‘ड्र’ मा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड र स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोको नयाँ क्लब युभेन्टस एउटै समूहमा परेका छन् । यस्तै स्पेनिस च्याम्पियन बार्सिलोना र इंग्लिस क्लब टोटनह्याम एउटै समूहमा छन् । उनीहरु रहेको समूहमा पिएसभी एन्थोवेन र इन्टर मिलान पनि छन् ।
लगातार तीन सिजनदेखि उपाधि जित्दै आएको रोनाल्डोको पूर्व क्लब रियल मड्रिड समूह जी मा छ । यो समूहमा रोमा, सिएसकेए मस्को र भिक्टोरिया प्लजेन रहेका छन् । समूह ‘ए’मा एथ्लेटिको मड्रिड, बोरुसिया डर्टमुण्ड, मोनाको, क्लब ब्रुग, समूह ‘बी’मा बार्सिलोना, टोटनह्याम, पिएसभी एन्थोवेन, इन्टर मिलान परेका छन् । त्यसैगरी समूह ‘सी’ मा पेरिस सेन्ट जर्मेन, नापोली, लिभरपुल, रेड स्टार बेलग्राडी, समूह ‘डी’ मा लोकोमोटिभ मस्को, पोर्तो, शाल्के, गालाटासारे, समूह ‘ई’ मा बार्यन म्युनिख, बेन्फिका, अजाक्स, एइके एथेन्स छन् ।
त्यसैगरी समूह ‘एफ’ मा म्यानचेस्टर सिटी, शाख्तर डोनेस्क, लियोन, होफेनहेम, समूह ‘जी’ मा रियल मड्रिड, रोमा, सिएसकेए मस्को, भिक्टोरिया प्लजेन र समूह ‘एच’ मा युभेन्टस, म्यानचेस्टर युनाइटेड, भ्यालेन्सिया, योंग ब्वाइज रहेका छन् । समूह चरणका खेलहरु आउँदो सेप्टेम्बर १८ देखि सुरु हुनेछन् ।