अमेरिकी राष्ट्रपति ट्रम्पले दिए ‘डब्लूटीओ’ बाट बाहिरिने चेतावनी

भदौ १५, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले विश्व व्यापार संगठन ‘डब्लूटीओ’ बाट बाहिरिने चेतावनी दिएका छन् ।

डब्लूटीओको अमेरिकाप्रतिको कार्यशैलीमा असन्तुष्टि जनाउँदै ट्रम्पले बाहिरिन सक्ने चेतावनी दिएका हुन । ‘यदि उनीहरुले कार्यशैली बदल्दैनन् भने म डब्लूटीओबाट बाहिरिने छु’, ब्लूमबर्ग न्यूजसँगको अन्तर्वार्ताका क्रममा राष्ट्रपति ट्रम्पले भने । डब्लूटीओ विश्व व्यापारको थीति बसाल्न तथा देशहरुबीचको विवाद समाधानका लागि स्थापित संगठन हो ।

तर संरक्षणवादी नीतिलाई अंगालेका राष्ट्रपति ट्रम्पले डब्लूटीओले पक्षपातपूर्ण व्यवहार गरिरहेको आरोप लगाएका छन् । ट्रम्प राष्ट्रपति बन्नुअघि नै विश्व व्यापार संगठनले भेदभापूर्ण व्यवहार गरेको भन्दै आलोचना गरेका थिए । यसैबीच डब्लूटीओको विवाद समाधान गर्ने न्यायाधीकरणम न्यायाधीशहरुको निर्वाचन पनि अमेरिकी असहयोगका कारण रोकिएको छ ।

जसका कारण विवाद समाधान गर्ने प्रणालीलाई नै निस्कृय पार्ने खतरा बढेको छ । डब्लूटीओको राष्ट्रपति ट्रम्पको डब्लूटीओबाट बाहिरिने चेतावनीले ट्रम्पको व्यापार नीति र डब्लूटीओको खुला व्यापार प्रणालीबीच द्वन्द्व हुने देखिएको छ ।(एजेन्सी)

Satkar Media House
Leave A Reply

Your email address will not be published.