महिला चेम्बरद्धारा उद्यमी महिलालाई सम्मान

फागुन २३, काठमाडौं । नेपाल महिला चेम्बरले ११३ औं अन्तरराष्ट्रिय महिला दिवसको अवसरमा विभिन्न उद्यमी महिलालाई सम्मान गरेको छ ।

काठमाडौंको कमलपोखरीस्थित रुसी संस्कृति केन्द्रमा चेम्बरले महिला उद्यमीहरुलाई सम्मान कार्यक्रम सहित विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गरेको हो । नेपाल महिला चेम्बरबाट सम्मानित हुनेमा उद्योगतर्फ शुभद्रा अधिकारी ढकाल, निर्याततर्फ पार्वता खरेल बिमली, आई टितर्फ न्हशला जोशी, कृषितर्फ सरिता भट्टराई श्रेष्ठ र स्वास्थ्य तर्फ स्वरुपा श्रेष्ठ हुनुहुन्छ ।

कार्यक्रममा राष्ट्रिय महिला आयोगकी सदस्य कृष्ण कुमारी पौडेल खतिवडाले सामाजिक संरचना विविधतापूर्ण रहेको उल्लेख गर्दै महिला हिंसा बढ्नु दुःखद भएको बताउनुभयो । आधुनिक विश्वमा महिलालाई अगाडि बढ्न सहज देखिए पनि घर परिवारकै साथ नपाउँदा हरेक जसो क्षेत्रमा अगाडि बढन कठिन र चुनौतीपूर्ण हुने गरेको खतिवडाले बताउनुभयो । राजनीतिक दलका नेताहरु जिम्मेवार नहुँदा राजनीतिकर्मी महिलाहरु समेत अवसरबाट बन्चित हुनु परेकोमा रोष प्रकट गर्नुहुँदै संविधान बनाउनेले नै कानुन उल्लंघन गरेको खतिवडाले जिकिर गर्नुभयो ।

त्यसैगरि नेपाल चेम्बर अफ कमर्सका बरिष्ठ उपाध्यक्ष कमलेश कुमार अग्रवालले ५० प्रतिशत हिस्सा ओगटेका महिलाहरु पछाडी पारिएको जिकिर गर्नुहुँदै उनीहरुलाई आर्थिक, सामाजिक, बौद्धिक, सांस्कृतिक, आर्थिक सम्पूर्ण रुपमा अगाडि ल्याउनुपर्नेमा जोड दिनुभयो । पुरुषका तुलनामा महिलाहरुलाई कम ज्याला दिने गरिएको भन्दै अग्रवालले विभेदको अन्त्य गर्नुपर्नेे औल्याउनुभयो । सो अवसरमा नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले हरेक बर्ष हुने यस्ता कार्यक्रमले महिलाहरुलाई अघि बढन हौसला मिल्ने बताउनुभयो । अधिकाँश महिलाहरु विभिन्न प्रकारका विभेद र उत्पिडनमा पिल्सिरहन वाध्य रहेको अध्यक्ष श्रेष्ठले बताउनुभयो । महिलाहरुलाई अगाडि बढाउन महिला स्वयमको भूमिका, सहभागीता एवम प्रतिनिधित्व अर्थपूर्ण हुने श्रेष्ठको भनाई छ ।

महिलाहरु अझै पनि हिँसामा पर्नेगरेको घटनाको स्मरण गर्नुहुँदै उहाँले महिला सशक्तिकरणका निम्ती आर्थिक रुपमा स्वाबलम्बी बन्नुपर्नेमा जोड समेत दिनुभयो । नेपाल महिला चेम्बरकी महासचिव लिमा अधिकारीले उत्पादनशिल क्षेत्रमा लगानी बिस्तार गरेर महिला उद्यमशिलताको विकास गर्नुपर्ने बताउनुभयो । कृषि वस्तुको आयातमा रोक लगाउनुपर्ने भन्दै अधिकारीले आत्मनिर्भर कृषिका लागि पहल गर्नुपर्ने बताउनुभयो । महिलाहरुलाई समान अवसर दिनुपर्नेमा अधिकारीले जोडदिनुभयो । राष्ट्र संघले नारी दिवसका लागि यो वर्ष ‘डिजिटल इनोभेसन एण्ड टेक्नोलोजी फर जेन्डर ईक्वालिटी’ भन्ने नारा तय गरेको छ

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.