शर्मिला वाइबाले पिए बिष, वीर अस्पतालमा उपचार हुँदै

फागुन १८, काठमाडौं । आफूलाई सामाजिक अभियन्ता बताउने शर्मिला वाइबाले आत्महत्याको प्रयास गरेका छन् । बुधबार राति उनले काठमाडौँको बानियाँटारस्थित आफ्नै निवासमा विष पिएर आत्महत्याको प्रयास गरेका हुन् ।

अहिले उनको वीर अस्पतालको आईसीयूमा उपचार भइरहेको काठमाडौं प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीले जानकारी दिए । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । तर, विष पिउनुको कारणबारे खुलेको छैन । वाइबा केही समयअघि मात्रै पत्रकार ऋषि धमलासँग नाम जोडेर विवादमा आएका थिए । धमलासँग नाम जोडेर युट्युबमा अन्तर्वार्ता दिएपछि उनी विवादमा परेकी थिए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.