फागुन १५, काठमाडौँ । मगर समुदायले विभिन्न कार्यक्रम गरी ४१ औँ मगर दिवस मनाएका छन् ।
२०३९ साल फागुन १५ गते स्व. हेमबहादुर पुनको अध्यक्षतामा तनहुँमा नेपाल लाङ्घाली परिवार सङ्घको अधिवेशनलाई आधार मानी मगर समुदायले हरेक वर्ष फागुन १५ गते मगर सङ्घ र सम्बन्धित सङ्घसंस्थाले एकता दिवसका रूपमा मनाउँदै आएका छन् ,
यसै अवसरमा आज (सोमबार) बागलुङ, तनहुँ र पोखरा लगायतका स्थानमा मगर समुदायले ४१ औँ मगर दिवस मनाएका छन् । बागलुङमा आयोजित ४१औँ मगर दिवस तथा नवौँ जिल्ला अधिवेशनका अवसरमा मगर संस्कृति अनुसार र्याली निकालिएको छ ।

