फागुन १२, बुटवल । बुटवलको ढबाहाबाट लागुऔषध चरेशसहित तीनजना पक्राउ परेका छन् ।
बुटवल उपमहानगपालिका वडा नं. १२ ढवाहास्थित काशीप्रसाद छन्त्यालको होटलमा लागुऔषध चरेशको कारोबार भएर रहेको भन्ने सूचनाका आधारमा खानतलासी गर्दा १४ किलो चरेशसहित तीनजना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेहरुमा ६५ वर्षीय होटल सञ्चालक काशीप्रसाद छन्त्याल, बागलुङ निसिखोला गाउँपालिका वडा नं ६ बस्ने वर्ष ५० की वीरमाया बुढा र सोही ठाउँकी वर्ष ३० की जेनी घर्तीमगर पक्राउ परेका हुन् । उनीहरुलाई नियन्त्रणमा लिएर लागुऔषध कसुर शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी दानबहादुर थापाले जानकारी दिए ।

