मुलुकको हितलाई ध्यानमा राखेर परराष्ट्र नीति अघि बढाउनुपर्छ : राष्ट्रपति भण्डारी

फागुन ११, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल र नेपाली जनताको हित प्रवद्र्धनलाई ध्यानमा राखेर नेपालको परराष्ट्र नीति अघि बढाउनुपर्ने बताएकी छन् ।

नेपाल विश्व सम्बन्ध परिषद्को ७५औँ वार्षिकोत्सवका अवसरमा बिहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा राष्ट्रपति भण्डारीले अन्तर्राष्ट्रिय समुदायमा नेपालको छवि उच्च राख्नका लागि मुलुकको हितलाई ध्यानमा राखेर परराष्ट्र नीति अघि बढाउनुपर्ने बताएकी हुन् । सोक्रममा उनले बदलिँदो परिवेशमा नेपालको परराष्ट्र नीतिको उद्देश्य र लक्ष्य प्राप्तिका लागि भइरहेका प्रयासका बारेमा छलफल गर्न जरुरी रहेको धारणा राखिन् ।

राष्ट्रपति भण्डारीले भूराजनीतिक जटिलता, बढ्दो असमानता, जलवायु परिवर्तनले ल्याएको संकटलगायतका कारणले विश्व शान्ति र समृद्धिमा नयाँ चुनौती उत्पन्न भएको बताइन् । बदलिँदो आन्तरिक तथा अन्तर्राष्ट्रिय परिवेशलाई विचार गरी आफ्नो राष्ट्रिय हित अनुकूल परराष्ट्र नीति सञ्चालनलाई प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ छ । उनले दुई छिमेकी मुलुक भारत र चीनसँगको मित्रवत सम्बन्धलाई थप प्रगाढ तुल्याउँदै पारस्परिक लाभका आधारमा सौहार्दपूर्ण सम्बन्ध कायम गरि लगानी भित्राउन पहल गर्नुपर्ने समेत बताइन् ।

 

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.