प्रचण्ड र माधवबीच सिंहदरबारमा छलफल

फागुन ११, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । बिहीबार माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा उनीहरुबीच भेटवार्ता भएको हो ।

उनीहरुबीच आसन्न राष्ट्रपति निर्वाचन र पुरानो गठबन्धन ब्युँताउने विषयमा छलफल भइरहेको बताइएको छ । फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि नेकपा एसले पनि दाबी प्रस्तुत गरिरहेको छ । पछिल्लो समय राष्ट्रपतिको उम्मेदवार को बन्ने भन्ने विषयमा दलहरुबीच सहमति जुट्न नसक्दा सात दलीयउ सत्ता गठबन्धन फुटको संघारमा पुगेको छ । नेकपा एमालेले पुस १० को सहमतिअनुसार आफ्नो उम्मेदवार राष्ट्रपति बन्नुपर्ने अडान राख्दै आएको छ भने प्रधानमन्त्री प्रचण्ड एमालेबाहेकबाट राष्ट्रपति बनाउने लाइनमा छन् ।

सरकारको नेतृत्वकर्ता दल माओवादी केन्द्रले आज कांग्रेस, एकीकृत समाजवादी र जसपासँग छुट्टाछुट्टै छलफल गर्ने र आजै साँझ पुरानो पाँच दलीय सत्ता गठबन्धनको संयुक्त बैठक बस्ने तयारी गरेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.