कर्मचारी समायोजन कात्तिकबाट गर्ने मन्त्रालयको तयारी

भदौ १५, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अवरुद्ध रहेको कर्मचारी समायोजन प्रक्रिया आगामी कात्तिकबाट सुरु हुने जनाएको छ  ।

समायोजन ऐन बने पनि संघीय निजामती सेवा ऐनको अभाव देखाउँदै मन्त्रालयले समायोजन प्रक्रिया रोक्दै आएको छ  । मन्त्रालयका सचिव दिनेश थपलियाले कात्तिकको अन्तिम साता देखि समायोजन सुरु गर्ने गरी काम अगाडि बढिरहेको बताए । असोज अन्तिम सम्म संघीय निजामती सेवा ऐन स्वीकृत भएर आउने र त्यसका आधारमा समायोजनको प्रक्रिया अघि बढाउन सकिने जानकारी दिए । संघीय निजामती सेवा ऐनका आधारमा नियमावली बन्ने र त्यसका आधारमा समायोजनको प्रकृया अघि बढाउने मनस्थितीमा मन्त्रालय रहेको सचिव थपलिया बताउँछन् । समायोजन लामो र अप्ठेरो प्रकृया भएकाले समय लाग्ने उनको भनाई छ ।

संघीय निजामति सेवा ऐन नबन्दा सम्म भने समायोजनको प्र्रकृया अघि बढाउन नसक्ने सचिव थपलियाको भनाई छ । ‘प्रदेश र स्थानीय तहको कर्मचारी संयन्त्र कस्तो हुन्छ भन्ने कानुन नबनी समायोजन अघि बढ्न सक्दैन,’ उनले भने । समायोजन भन्ने नबुझि मन्त्रालयको आलोचना हुने गरेको भन्दै चिन्ता पनि जनाए ।  –नयाँ पत्रिका

Satkar Media House
Leave A Reply

Your email address will not be published.