सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा दृढ छ : प्रधानमन्त्री

फागुन ७, काठमाडौं । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले वर्तमान सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा दृढ रहेको बताएका छन् ।

आइतबार राष्ट्रिय समाचार समिति (रासस) को ६२औँ वार्षिकोत्सव समारोहलाई उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले वर्तमान सरकार नागरिकको विचार अभिव्यक्ति अधिकारको सम्मान गर्ने र पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा दृढ रहेको बताएका हुन् । लोकतान्त्रिक शासन प्रणाली भएका ठाँउमा मात्रै प्रेस स्वतन्त्रता सम्भव रहेको उनले बताए ।

सूचना प्रविधिको तीव्र र द्रूत विकासले सञ्चार जगतका साथै सामाजिक जीवनका सम्पूर्ण आयाम र अवयवहरूलाई समेटेको उनले धारणा राखे । विश्वमा सूचना र प्रविधिको द्रूत गतिमा भइरहेको विकास र विश्वव्यापी प्रभावको परिप्रेक्ष्यमा सहज र आधुनिक माध्यमबाट नागरिकलाई सूचना प्रदान गर्नुपर्नेमा उनले जोड दिए । कुनै पनि नागरिकलाई सूचनाबाट बञ्चित गर्नु भनेको उनीहरुलाई आफ्ना सम्भावना र अवसरबाट नै बञ्चित गर्नु रहेको भन्दै प्रधानमन्त्रीले त्यही मान्यता राखेर सञ्चारमाध्यमले काम गर्नुपर्ने बताए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.