संस्कारयुक्त शिक्षाको थालनी गर्न आवश्यकः प्रा.डा. अधिकारी

फागुन ७, ललितपुर । प्राज्ञिक विद्यार्थी परिषद्को दुई दिवसीय राष्ट्रिय शिक्षा कार्यशाला शनिवारबाट प्रारम्भ भएको छ ।

ललितपुरको पुल्चोक इन्जिनियरिङ कलेजको सभाहलमा विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. देवराज अधिकारीज्युको प्रमुख आतिथ्यमा प्रारम्भ भएको हो । कार्यक्रममा विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा. डा. देवराज अधिकारीले नेपालमा संस्कारयुक्त शिक्षाको थालनी गर्नु पर्ने आवश्यक रहेको बताएका छन् । उनले भने पहिले पहिले गुरूलाई सडक मा भेट्दा निहुरेर ढोगिन्थ्यो गुरू र शिक्षकमा आदर सम्मान अनुशासन थियो तर आजको समाजमा त्यो सब देख्न नपाइने बताए । शिक्षामा कैयौँ समस्या भएता पनि अब हाम्रो विश्वविद्यालयका उपकुलपतिमा खुल्ला प्रतिस्पर्धा हुन थालेको र राजनीतिक नियुक्ति घट्दै गएको छ बताए ।

त्यसैगरी शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सह– सचिव डा. हरी लम्सालले नेपालको शिक्षा नीति तथा कार्यक्रम मल्टी एक्टरको चंगुलमा फसेकोले कमजोरीलाई सुधार्ने, नीतिको मुल्य माथी को छलफल गरिन पर्ने र संस्कृत भाषाको बारेमा समाजलाई सरोकारवालाले बुझाईदिनुपर्ने आवश्यक रहेको बताए । उने मनुस्मृतिमा भएको २र४ कमजोरीलाई ईस्यु बनाउने कि त्यहाँ भएको ९८ प्रतिशत राम्रा कुरालाई प्रसार गर्ने रु त्यो विषयमा छलफल हुन आवस्यक रहेको प्रष्ट पारेका थिए ।

कार्यक्रममा शिक्षा मन्त्रालयका सह सचिव डा. हरि लम्साल, खुल्ला विश्वविद्यालयका उपकुलपति प्रा।शिलु बज्राचार्य, मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति नन्दबहादुर सिंह कार्यशालाका संयोजक प्रा।डा रामजी गौतम, राष्ट्रिय परिक्षा बोर्डका अध्यक्ष डा।महाश्रम शर्मा, विद्यार्थी परिषद्का महासचिव छितराज न्यौपाने,विभिन्न विश्वविद्यालयका डिनिहरू, देशका विभिन्न विद्यालयका प्रचार्यहरू, शिक्षा क्षेत्रका प्राज्ञिक व्यक्तित्वहरू, विद्यार्थी परिषद्का केन्द्रीय पदाधिकारीहरू र विभिन्न कलेजमा उच्च शिक्षा हासिल गरिरहेका विद्यार्थीहरूको उपस्थितिमा उद्घाटन समारोह सम्पन्न भएको थियोे ।

कार्यक्रममा राष्ट्रिय परिक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले शिक्षा क्षेत्रमा आगामी प्राज्ञिक बहस आवश्यक रहेकोले पुर्वीय दर्शनको कुराहरू शिक्षामा राखिनु पर्ने जोड दिए । साथै उनले विदेशलाई चाहिने जनशक्ति उत्पादन गरेर जनशक्ति बिदेशमा पैठारी गर्ने कि आफ्नो देशलाई आवस्यक पर्ने जनशक्ति उत्पादन गरेर यही देशमा राख्ने भन्ने विषयमा आज गम्भीर भएर सोच्नु पर्ने बताए । साथै संसारमा हाम्रो जनशक्ति लाई कसरी नमुना जनशक्ति बनाउने, देशको मुल्य, मान्यता, संस्कार, इतिहास, आदि सिकाउने किसिमको शिक्षा प्रणाली लागु गरिनु पर्नेमा सबै एकजुट भएर अगाडि बढाउनु पर्ने बताए ।

खुल्ला विश्वविद्यालका उपकुलपति प्रा. डा. शिलु बज्राचार्यले मुलुकको विकास एवं मानवीय संसाधन को विकास शिक्षाबाटै हुने र मानवीय संसाधनको विकास गर्न सके मुलुक रूपान्तरण हुन सक्ने कुरा बताए । उनले शैक्षिक क्षेत्रमाथिको राजनीति व्याप्त रहेकोले काम हुन नसकेको बताए । उनले शिक्षणमा युवा आकर्षण गर्न नसक्नु, शिक्षकमा नैतिकता सकारात्मक सोच संस्कृति परम्परा रितिरिवाज आदीलाई समेटेर योगदान दिन सक्ने व्यक्ति हुन पर्ने र शिक्षकलाई तालिम र शोध कार्यमा निरन्तर लगाईनुपर्ने, शोधको आधारमा नीति र कार्यतालिका बनाईनु पर्ने, शैक्षिक कार्यतालिका बनाउदा मुलुकमा कुन क्षेत्रमा कति जनशक्ति चाहिन्छ त्यो अनुसन्धान गरेर त्यहि अनुसार जनशक्ति उत्पादन गरिनु पर्ने बताए ।

कार्यक्रममा मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा. डा. नन्द बहादुर सिंहले देश भद्रगोल भएकोले विश्वविद्यालय भद्रगोल अवस्थामा पुगेको र शिक्षाले बाटो खोजिरहेको बताए । उनले प्राध्यापक र विद्यार्थी पढ्न पढाउन नजान्ने न सुन्ने मानिस छ न सुनाउने मानिस छ त्यसकारणले नीतिको आवस्यक रहेको ले राष्ट्रिय शिक्षानीतिका मोटा नीतिले विश्वविद्यालय सुधार हुदैन निजिर गरे ।

नेपालका विश्वविद्यालय भौतिक पुर्वाधार साह्रै कमजोर, विद्यालय पुरै राजनीतिक झोले कार्यकर्ताको र प्राध्यापकको हातमा भएकोले हाम्रो शैक्षिक क्षेत्र कमजोर भएकोले यो जबसम्म हट्दैन तबसम्म जति कार्यशाला बसेपनि केहि हुन्न जिकिर गरे । फागुन ६ र ७ सम्म सञ्चालन हुने दुई दिवसीय कार्यशाला शिक्षाको वर्तमान परिदृश्य र आगामी दिशा भन्ने विषयमा केन्दीत रहे नेपालको राष्ट्रिय शिक्षा नीति, उच्च शिक्षा , माध्यमिक शिक्षा, र निम्न माध्यमिक शिक्षाको विषयमा केन्द्रीत रहने राष्ट्रिय शिक्षा कार्यशालाका संयोजक प्रा।डा रामजी गौतले बताएका छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.