काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मिलेर प्राकृतिक विपत्तीको सामना गर्नुपर्ने बताएका छन् । उनले बिमस्टेक राष्ट्रले प्राकृतिक विपत्ति खेपीरहेको आएको भन्दै उनले यस्तो संकटमा हाम्रो सहयोग र समन्वय एकदम आवश्यक रहेको बताए । बिमस्टेक सम्मेलनलाई सम्वोधन गर्दै मोदीले आतंकवादविरुद्ध एकजुट हुनुपर्नेमा जोड दिए ।
हिन्दीमा बोलेका मोदीले आतंकवादमा विषयमा लामो समय खर्च गरेका थिए । उनले विमस्टेक क्षेत्रमा आर्थिक प्रगति र सामरिकताका लागि शान्ति सुरक्षाको वातावरण हुनुपर्नेमा जोड दिए । भारतीय प्रधानमन्त्री मोदीले आतंकवाद र आतंकवादसँग जोडिएको लागुपदार्थको नियन्त्रणका लागि एकतामा आबश्यक रहेको पनि बताए ।
आतंकवादविरुद्ध लड्नका लागि रणनीति बनाउन सदस्य राष्ट्रका सेना प्रमुखहरुको सम्मेलन गर्न भारत तयार रहेका पनि उनले बताए। भारतमा आगामी अक्टुबरमा आयोजना हुने इण्डिया मोबाइल कांग्रेसमा भाग लिन विमस्टेक सदस्य राष्ट्रलाई आग्रह समेत गरे। सम्वोधनको सुरुमा उनले नेपाल र प्रधानमन्त्री केपी शर्मा ओलीको प्रसंसा गरेका थिए ।