ओपोले लोकप्रिय एफसिरिज अन्तर्गत नयाँ उत्पादन “ओपो एफनाइन सार्वजनिक”

भदौ १४, काठमाडौं । सेल्फी एक्स्पर्ट एण्ड लिडर, ओपोले आफ्नो लोकप्रिय एफसिरिज अन्तर्गत नयाँ उत्पादन, ओपो एफनाइन सार्वजनिक गरेको छ ।

मात्र ५ मिनेट चार्ज गर्दा २ घण्टाको टक टाइम दिने, भोक फ्ल्याशचार्जिङ र उद्योगकै पहिलो ग्राडियण्ट कलर डिजाइन सहित सार्वजनिक गरिएको नया एफनाइन मार्फत कम्पनीले ओपोको अत्याधुनिक प्रविधि र नव प्रवर्तनात्मक विशेषज्ञता प्रतिबिम्बित गरेको छ ।

सनराइज रेड, ट्वाइलाइट ब्ल्यू र स्टारी पर्पल गरी तीनभिन्न ग्राडियण्ट कलर कम्बिनेसनमा एफनाइन उपलब्ध गरिने कम्पनीले जानकारी दिएको छ । तीमध्य सनराइज रेड र ट्वाइलाइट ब्ल्यू देशभरका अफलाइन स्टोर मार्फत भदौ १४ गतेदेखि विक्रि आरम्भर गरिने छ भने स्टारी पर्पलका लागि भने उपभोक्ताले केही समय थप कुर्नुपर्ने कम्पनीले जानकारी दिएको छ ।

ओपो एफनाइन ४जीबी को मूल्य ४१,५९० र ६ जीबी को मूल्य ४५,५९० निर्धारण गरिएको छ । उद्योगकै पहिलो ६.३ ईञ्च ‘वाटरड्रप स्क्रिन’ डिजाइन, ९०.८५ स्क्रिन टू बडी रेसिया पृथक ग्राडियण्ट कलर र ३५०० एमएएच ब्याट्री सहितओपो एफनाइनले उत्कृष्ट सेल्फी फञ्शनका साथै अन्य प्राविधिक पक्षमा समेत उपभोक्तालाई उत्कृष्ट अनुभव प्रदान गर्नेछ ।

‘उपभोक्ताका समस्याको उत्कृष्ट समाधान उपलब्ध गराउनु ओपोमा हाम्रा लागि प्रमुख प्राथमिकताको विषय हो । मात्र ५ मिनेटको चार्जमा २ घण्टाको टक टाइम उपलब्ध गराउने क्षमता सहितको भोक फ्ल्यास चार्जमार्फत ब्याट्री सम्बन्धि उपभोक्ताको चिन्ता निवारणमा हामी सफल हुनेमा हामी आशावादी छौँ ।’, सार्वजनिक नयाँ फोनका बारेमा बोल्दै ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने, ‘साथै, प्राविधिक नवप्रबर्तन सहित आकर्षक डिजाइनमा उपलब्ध गरिएको फोन मार्फत विगत माझैँ उपभोक्ताको निरन्तर माया र सहयोग प्राप्त हुनेमा हामी विश्वस्त छौँ ।’

Satkar Media House
Leave A Reply

Your email address will not be published.