नेपाल-स्कटल्याण्ड खेल सुरु, टस जितेर नेपाल बलिङमा

फागुन ५, काठमाडौं। विश्वकप लिग–२ क्रिकेट अन्तर्गत त्रिदेशीय एकदिवशीय अन्तर्राष्ट्रिय शृंखलाको दोस्रो खेलमा नेपालले स्कटल्यान्डविरुद्ध टस जितेर बलिङ रोजेको छ।

किर्तिपुरस्थित क्रिकेट मैदानमा सुरु भएको खेलमा नेपालले लिगको शिर्षस्थानमा रहेको स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्न लागेको हो। खेल सुरु भएको छ । नेपालले पहिलो खेलमा नामिबियालाई २ विकेटले हराउँदा पनि टस जितेर बलिङ रोजेको थियो। नेपालले कीर्तिमानी २८६ रनको लक्ष्य पूरा गर्दै नामिबियालाई २ विकेटले हराएको थियो भने स्कटल्याण्डले कुनै पनि बिकेट नगुमाइ नाभिबियालाइ पराजित गरेर शिर्षस्थानमा उक्लिएको थियो। तीन खेल अगाबै स्कटल्याण्ड लिग समुहबाट बिजेता भईसकेको छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.