भदौ १४, सप्तरी । बहुविवाह आरोपमा एक दम्पती जेल चलान भएका छन् । बहुविवाहको आरोपमा सप्तरीको कञ्चनरुप नगरपालिका १० घोघनपुरका २५ वर्षीय दुखी राम र २३ वर्षीया ममताकुमारी उराव जेल चलान भएका हुन् । उनीहरु गत साउन १८ गते पक्राउ परेका थिए ।
जिल्ला अदालतले मागेको धरौटी बुझाउन नसक्दा उनीहरुलाई राजविराज कारागारमा पठाइएको जिल्ला अदालतका श्रेस्तेदार दिलकुमार बर्देवाले जानकारी दिए । जिल्ला न्यायाधीश कमलप्रसाद ज्ञवालीले रामसँग २५ हजार र उरावसँग १५ हजार धरौटी माग गरेका थिए ।
जेठी श्रीमति २१ वर्षीया उर्मिलादेबी रामले उनका श्रीमान दुखी र ममताले शम्भुनाथ नगरपालिका–१ स्थित शम्भुनाथ मन्दिरमा वैशाख ९ गते बहुविवाह गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । भदौं १ गतेबाट लागू भएको नयाँ कानुनले बहुविवाह गर्न प्रतिबन्ध लगाएको छ ।