ग्यास सिलिन्डर विस्फोटमा घाइते चन्द्र भण्डारीकी आमाको निधन

फागुन ४, काठमाडौं । ग्यास सिलिन्डर विस्फोट भइ आगलागी हुँदा घाइते भएकी नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको निधन भएको छ ।

कीर्तिपुर अस्पतालमा उपचारका क्रममा उनको आज बिहान निधन भएको हो । अस्पतालले आज बिहान नेपाल बाहिर लगेर सुविधासम्पन्न अस्पतालमा उपचार गर्न सुझाव दिएको थियो । उक्त सुझाव पछि भारतको मुम्बई लैजाने तयारी भइरहेको थियो । गएराति भएको विस्फोटमा उनको ७० प्रतिशत भाग जलेको थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.