तीन प्रज्ञा–प्रतिष्ठानका कुलपतिले लिए शपथ

फागुन ४, काठमाडौं । नवनियुक्त तीन कुलपतिले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् ।

आज बिहान बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवनियुक्त तीन कुलपतिलाई पद तथा गोपनीयताको शपथ गराएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति निशा शर्मा, नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राई र नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले शपथ लिएका हुन् ।

सो अवसरमा प्रधानमन्त्री प्रचण्डले उनीहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.