‘काल र कविता’

उसको कविता बुझ्न
एक हुल जम्मा भयो
अनि जम्मा हुनेको हुलको एक सरदार
जसलाई उसले गफले बेचेको थियो
उसले कविताको अर्थ सोध्दा
मस्तिष्कमा सम्झिन लगायो
सत्यताको जाँचबुझ गर्न
कविताको हरफ हरु जो वर्षामा आधारित थिए
परिरहने पानी को बारेमा थियो।
गफ बेच्न सिपालु उ
उसले पानी परेको सम्झिदियो ।
सरदार र उसको झोलेको भनाइ थियो
उसको कविता अनुसार प्रकृतिले काम गर्दछन
उसले दोहोर्याएर गफ बेच्यो ।
उसको कथ्य सत्य कि असत्य भनी केलाउन खोज्ने हुल लाई
उसले जे बोले पनि सत्य भन्ने भान भयो
उनीहरूले के बुझे, उनीहरूलाई नै थाहा होला
तर केही शिप नलागेपछि
सबै हुल व्यक्तिहरू
उसको कविता को पर्खाइमा रहे
सत्य बुझ्नमात्र होइन
प्रकृति चिन्न।
त्यसैले धार्मिक हुललाई सान्त्वना दिँदै
उ भित्रको ईश्वर बोल्यो
ूसायद कविता लेखेको बेला
इन्द्रले पानी पारिदिए होला।ू
कविता के हो त
अब बुझौँ
कुनै एउटा कालमा हुने घटनाको परिचय हो कविता
वास्तविक अथवा काल्पनिक ।

उसको कथा फेरि सुनौं
नाम बदल्न लगाउने
परिचय लुकाउने
आफ्नो अस्तित्व नहेर्ने
सबै हुल
उसको कविताको पात्र हुन पर्खिए ।
सरदार र उसका झोलेलाई के थाहा थिएन त
गफ बेच्ने
ऊ पनि एक नेता नै हो
र जसलाई उसके गफ बेच्यो
ती सबै साधारण मनुष्य थिएनन
नेता नैं थिए धर्मका ।
भविष्य बताउँछु भन्ने नेतालाई बेच्न
उसले झुट लेखे काफी थियो
झुट लेखो की सत्य भन्ने नेताको
आफ्नो भुत, वर्तमान र भविष्य थिएन ।

त्यसैले
यो कविता त एक बाहाना हो
हरेक पेशामा लागेका व्यक्तिले
महसुस गर्ने भनेको आफ्नो समय हो,
आफ्नो काल हो,
अनि कविले उसलाई किन रोजे त पात्र
किनकि उ गफाडी मात्र होइन
बरोजगार पनि हो
अनि उ भित्रको ईश्वर पुनः बोल्यो
‘खाना आधा खाएर फाल्ने ले स्वाद चिनेको हुन्छ
खाना मिठो नलागी पनि पुरै खानेले भोक चिनेको हुन्छ ।’

 

                                                                     – रचनाः अर्जुन दाहाल

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.