चिकित्सक संघको हड्तालले वीर अस्पतालमा बिरामी अलपत्र

माघ २९, काडमाडौं। नेपाल चिकित्सक संघको आन्दोलनका कारण वीर अस्पतालमा बिरामीहरु अलमलमा परेका छन्।

ट्रमा सेन्टरका एक चिकित्सकमाथी सुरक्षाकर्मीले हातपात गरेको बिरोधमा आज आकस्मिकबाहेक अस्पतालको सेवा सबै ठप्प पारिएको छ। जसका कारण उपचारका लागि अस्पताल आएका बिरामी अलमलमा परेका छन्। स्याङजका एक बिरामी रामेश्वर न्यौपाने भन्छन, ‘अस्पतालमा उपचारका लागि आईयो तर यहाँ तालाबन्द छ, अब कसरी उपचार गर्नु ? अलपत्र परियो।’ सरकारले सो घटनामा संलग्न एक बरिष्ठ उपरिक्षकलाई निलम्बन गरेको घोषणा गरिसक्दा पनि चिकित्सक संघले अझै आन्दोलन फिर्ता लिएको छैन।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा भने बिहानैदेखि सरकार र चिकित्सिक संघका पदाधिकारी बिच बार्ता भने भइरहेको छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.