लो ब्लडप्रेसर: के खाने, के नखाने?

मुटुको प्रत्येक धड्कनसँग सिस्टोलिक प्रेसर (अधिकतम दबाव) ११० देखि ८० मिमी मरकरीसम्म र न्यूनतम् डायस्टोलिक प्रेसर ६० मिमी मरकरीसम्म भयो भने यसलाई लो ब्लडप्रेसर भनिन्छ।

कारण

लो ब्लडप्रेसर हुनुको कारणमा मानसिक आघात, तनाव, भय, शोक, नकारात्मक सोचाइ, व्रत, धेरै बेर नसुत्नु, कमजोरी, धेरै रक्तश्राव हुन्, पौष्टिक आहारको कमी हुनु, शरीरमा रगत तथा पानीको मात्रा कम हुनु, ठूलो रक्त धमनीमा अवरोध, हृदय रोग, पिट्यूटरी र थाइराइड जस्तो ग्रन्थीले हर्मोनको मात्रा कम उत्पादन गर्नु, रक्सी, चुरोट खान, डिफ्थीरिया, हैजा, पखाला, क्षय रोग, एडिसन रोग, विभिन्न प्रकारको ज्वरो आदि हुन्छ।

लक्षण
आलस्य, मस्तिष्क अवसाद, रिंगटा लाग्नु, आँखाको अगाडि अध्यारो छाउनु, कमजोरी, थकाइ, चिडचिडापन, हातखुट्टा चिसो हुनु, भुल्ने बानी, निराशा, हात-खुट्टा झमझमाउनु, उकालो चढ्दा हृदयको गति बढ्नु, टाउको दुख्नु, जीउ दुख्नु, मूर्छा, थोरै गर्दा पनि स्याँस्याँ हुनु, चिसो र गर्मी सहन नसक्नु आदि लो ब्लडप्रेसर लक्षण हुन।

के खाने

-हल्का, सुपाच्य पौष्टिक खाना खाने।

अण्डा, दूध, बदाम, काजु, पिस्ता, छोकडा, मास, कलना, घीउ, तिलको तेल धेरै मात्रामा खाने।

खानामा नुन, लसुन, चिनी, भटमास खाने।

– पोष्टिक, गलियों, फलफूल खाने ।

-तातो चिया, कफी खाने।

के नखाने

-भारी, तारेको, अपौष्टिक, पिरो, मसालेदार खाना नखाने।

-चिसो, चिसो पेय पदार्थदेखि बच्ने।

– रक्सी, तमाखु, नशा लाग्ने पदार्थ नखाने।

-भोक नलागि खाना नखाने।

के गर्ने

-मानसिक उल्झनलाई सहानुभूतिपूर्वक हटाउने।

– ओछ्यानमा सुतेर शारीरिक र मानसिक विश्राम गर्ने

-कब्जियत हुन नदिने।

-राती नसुत्ने, व्रत बस्ने, चिन्ता, मानसिक तनावबाट बच्ने।

– हलुका खालको व्यायाम वा बिहान नियमित घुम्न जाने।

-सधै शान्त र प्रशन्न चित्त रहने प्रयत्न गर्ने। .

के नगर्ने

-धेरैबेर उभिएर नबस्ने।

– अति संभोग या अति व्यायम नगर्ने।

-तातो पानीले ननुहाउने।

-आफ्नो क्षमताभन्दा बढी मानसिक र शारीरिक परिश्रम नगर्ने

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.