अन्त्येष्टिका लागि लगेको १७ महिने शिशुको शव आर्यघाटबाट प्रहरी नियन्त्रणमा

माघ २३, काठमाडौं । पशुपति आर्यघाटबाट अन्त्येष्टि गर्न लागिएको एक शिशुको शव प्रहरीले नियन्त्रणमा लिएको छ । तारकेश्वर नगरपालिकाबाट ल्याइएको १७ महिने शिशुको शव प्रहरीले नियन्त्रणमा लिएको हो ।

पानीमा डुबेर मरेको भनि अन्त्येष्टि गर्न लागिएको शवको शरीरमा निलडाम देखिएको भन्दै खबर प्राप्त भएपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसरले जनाएको छ । प्रहरीले शवलाई नियन्त्रणमा लिएर परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.