माघ २२, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सरकारमा सहभागी मन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राजीनामा बुझाएका छन् ।
आज सम्पन्न रास्वपाको केन्द्रीय सदस्य र संसादहरुको संयुक्त बैठकले सरकारबाट बाहिरिने निर्णय गरेसँगै रास्वपाका मन्त्रीहरुले राजीनामा दिएका हुन् ।आज (आइतबार) साँझ प्रधानमन्त्री निवास बालुवाटारमा रास्वपाको तर्फबाट मन्त्री बनेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री तोसिमा कार्कीले प्रधानमन्त्रीलाई राजिनामा पत्र बुझाएका हुन् ।
यसअघि उपप्रधान तथा गृहमन्त्री रहेका सभापति लामिछानेको नागरिकता अवैध ठहर भएसँगै उनको संसद पद खारेज भएको थियो । सांसद पद खारेज भएसँगै उनको मन्त्री पद गुमेको थियो ।

