माघ २२, काठमाडौं । नेपाल राष्ट्र बैंकको संस्थापक गभर्नर हिमालयन शमशेर राणाको ९५ वर्षको उमेरमा निधन भएको छ ।
उपचारको क्रममा काठमाडौंको नर्भिक अस्पतालमा आइतबार बिहान राणाको निधन भएको हो । राणा अर्थमन्त्रालयको समेत पहिलो अर्थसचिव हुन् । २००८ सालमा ल्याएको बजेट लेखनमा उनले काम गरेका थिए । २०१३ सालमा नेपाल राष्ट्र बैंकको स्थापना भएपछि राणा पहिलो गभर्नर बनेका थिए ।
२०१७ सालमा तत्कालीन राजा महेन्द्रले ‘कू’ गरेपछि उनको पद गएको थियो । राणाले सयुक्त राष्ट्र संघ अन्तर्गतका विभिन्न निकायमा काम गरेका छन् ।

