माघ २१, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भइरहेको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । पछिल्लो समय सत्ता गठबन्धनमा समस्या देखिएको नेकपा माओवादीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले बताइरहेका छन् ।
एमालेले सहमति पालना नगरेको उनले बताउँदै आएका छन् । आजको भेटमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल भइरहेको स्रोतको भनाइ छ ।

